20 C
Nepal
Monday, September 29, 2025

ट्रेड टावर लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न, ३ लाख २९ हजार लगानीकर्ताले पाए सेयर

spot_imgspot_imgspot_img

ट्रेड टावर लिमिटेडको प्राथमिक शेयर (आईपीओ) बाँडफाँड आज सम्पन्न भएको छ। धितोपत्र बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले काठमाडौँको गौशालास्थित होटल क्रिस्टल पशुपतिमा आज बिहान साढे ९ बजे गोलाप्रथाबाट बाँडफाँड गरेको हो।

कम्पनीले गत जेठ १४ गतेदेखि २० गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो। उक्त आईपीओमा २० लाख ७४ हजार २८५ जना आवेदकबाट २ करोड ४१ लाख १७ हजार ४८० कित्ता सेयरका लागि आवेदन परेको बिक्री प्रबन्धकले जनाएको छ।

जम्मा २० लाख ५९ हजार ३८८ जना आवेदकको आवेदन रितपूर्वक स्वीकृत भएको थियो। ट्रेड टावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको सेयर संख्या भन्दा बढी आवेदन परेको हुँदा गोलाप्रथाबाट बाँडफाँड गरिएको हो। बाँडफाँडमा न्यूनतम १० कित्ता सेयरका दरले ३ लाख २९ हजार ६५० जना भाग्यमानी लगानीकर्ताले सेयर पाएका छन्। बाँकी सेयर भने १० कित्ता बाँडफाँडमा परेका मध्ये २० देखि १००० कित्तासम्म आवेदन दिएका आवेदकहरुलाई पुनः गोलाप्रथाबाट बाँडफाँड गरिएको छ।

आईपीओ बाँडफाँड नेपाल धितोपत्र बोर्डका प्रतिनिधि, बिक्री प्रबन्धक तथा कम्पनीका प्रतिनिधिहरुको रोहबरमा सम्पन्न भएको हो। बाँडफाँडको नतिजा मेरोडम्याट र सीडीएस एण्ड क्लियरिङ लिमिटेडको आधिकारिक वेबसाइटमार्फत हेर्न सकिने छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here