15.7 C
Nepal
Wednesday, February 11, 2026

ओम मेगाश्री फर्मास्युटिकल्सको नाफा ८३% ले बढ्यो, कुल आम्दानी २१ करोड नाघ्यो

spot_imgspot_imgspot_img

काठमाडौं – हालै आईपीओ निष्कासन गरेको ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म उल्लेख्य वित्तीय प्रगति गरेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार यस अवधिमा कम्पनीले ७५ लाख ६० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो त्रैमासको तुलनामा ८३.०८ प्रतिशतले वृद्धि हो। अघिल्लो त्रैमाससम्म कम्पनीको नाफा ४१ लाख २९ हजार रुपैयाँ थियो।

कम्पनीको कुल आम्दानी पनि उल्लेखनीय रूपमा वृद्धि भएको छ। तेस्रो त्रैमाससम्म कम्पनीले २१ करोड ५१ लाख रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो त्रैमासको १३ करोड ६१ लाख रुपैयाँभन्दा ५७.९९ प्रतिशतले बढी हो।

यद्यपि आम्दानीसँगै कम्पनीको खर्च पनि बढेको छ। अघिल्लो त्रैमासको १२ करोड ७७ लाख रुपैयाँ खर्च बढेर यो त्रैमासमा २० करोड ५६ लाख रुपैयाँ पुगेको छ।

६० करोड रुपैयाँ चुक्तापूँजी भएको कम्पनीको रिटेन्ड अर्निङ्स ४ करोड १२ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ। तर, कम्पनीको अन्य रिजर्भमा ६ करोड २४ लाख रुपैयाँ सञ्चित रहेको छ। कम्पनीको कुल चालु सम्पत्ति ३४ करोड ९७ लाख र चालु दायित्व २१ करोड ५१ लाख रुपैयाँ रहेको छ, जसले सन्तुलित वित्तीय अवस्था देखाउँछ।

वित्तीय सूचकहरूमा हेर्दा, तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिसेयर आम्दानी (EPS) १.६८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०३.५४ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २२५.५६ रुपैयाँ तथा मूल्य–आम्दानी अनुपात (P/E Ratio) ५९.५२ गुणा रहेको छ।

हालै प्राथमिक सार्वजनिक निष्कासन (IPO) मार्फत सर्वसाधारणबाट पूँजी संकलन गरेको कम्पनीले देखाएको यो वित्तीय सुधारले लगानीकर्तामा सकारात्मक सन्देश दिएको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here