18.6 C
Nepal
Sunday, June 1, 2025

माउन्टेन इनर्जी नेपालको नाफा ५० प्रतिशतले वृद्धि, तेस्रो त्रैमाससम्म ४६ करोड नाफा

माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्म ४६ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५०.४५ प्रतिशतले बढी हो। अघिल्लो आवमा कम्पनीले ३० करोड ९१ हजार रुपैयाँ नाफा कमाएको थियो।

आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले ६९ करोड २२ लाख रुपैयाँ कुल आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा २५.४६ प्रतिशतको वृद्धि हो। विद्युत बिक्रीमार्फत अघिल्लो आवमा ५५ करोड १७ लाख आम्दानी भएको थियो।

खर्चतर्फ सुधार

समीक्षा अवधिमा कम्पनीको प्रशासनिक खर्च २ करोड ८१ लाखह्रासकट्टी खर्च ३३ लाख ६ हजार रुपैयाँ पुगेको छ। वित्त खर्च अघिल्लो आवको २० करोड ७८ लाख रुपैयाँबाट घटेर १८ करोड १७ लाख रुपैयाँमा झरेको छ। यद्यपि, वित्त आम्दानी भने ७० लाख १८ हजारबाट घटेर १४ लाख ४६ हजार रुपैयाँमा सीमित बनेको छ।

वित्तीय सूचकहरू

  • चुक्ता पुँजी: २ अर्ब ६० करोड २७ लाख रुपैयाँ
  • प्रति सेयर आम्दानी (ईपीएस): १७.८७ रुपैयाँ
  • प्रति सेयर नेटवर्थ: १४५.८७ रुपैयाँ
  • मूल्य आम्दानी अनुपात (PE Ratio): ३२.६६ गुणा
  • तरलता अनुपात: २.९८ प्रतिशत

कम्पनीले विद्युत उत्पादन र विक्रीमार्फत आयमा सशक्त वृद्धि गर्दै नाफामा उल्लेखनीय सुधार ल्याउन सफल भएको देखिन्छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here