नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले लिलामीमा राखेको अवितरित हकप्रद सेयरको बोलकबोल प्रक्रिया आज बिहान १० बजेदेखि सुरू हुने भएको छ। सानिमा क्यापिटल लिमिटेड, नक्साल, काठमाडौंमा यो गोप्य शिल्ड टेन्डर (Sealed Bid Tender) खोलिने कार्यक्रम रहेको छ।
कम्पनीले कुल २,२५,२६१.३५ कित्ता हकप्रद सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको थियो।
- संस्थापक समूहतर्फ: ४३,७७९.५२ कित्ता
- सर्वसाधारण समूहतर्फ: १,८१,४८१.८३ कित्ता
उक्त हकप्रद सेयर कम्पनीले १:०.२५ अनुपातमा फागुन ८ गतेदेखि १४ गतेसम्म निष्कासन गरेको थियो। उक्त समयमा वितरण नभएका सेयरहरूलाई वैशाख १२ देखि २१ गतेसम्म लिलामीमा राखिएको हो।
लिलामीको नतिजा अनुसार सफल बोलकबोलकर्ताले तोकिएको समयभित्र भुक्तानी गरी सेयर प्राप्त गर्नेछन्।