26.1 C
Nepal
Sunday, June 1, 2025

पञ्चकन्या माई हाईड्रोको नाफामा ७९.७४% गिरावट, विद्युत बिक्री आम्दानी पनि घट्यो

पञ्चकन्या माई हाईड्रो लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ७९.७४ प्रतिशतले नाफा गुमाएको छ। कम्पनीले समीक्षावधिमा ४३ लाख १४ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गर्न सकेको छ। अघिल्लो आवको सोही अवधिमा यो नाफा २ करोड १३ लाख रुपैयाँ थियो।

विद्युत बिक्री आम्दानीमा १९.०१ प्रतिशत गिरावट

कम्पनीको आम्दानीको मुख्य स्रोत रहेको विद्युत बिक्री आम्दानीमा पनि गिरावट देखिएको छ। कम्पनीले विद्युत बिक्रीबाट २३ करोड ६५ लाख रुपैयाँ आर्जन गरेको छ, जुन अघिल्लो आवको तुलनामा १९.०१ प्रतिशतले कम हो।
त्यस्तै, अन्य आम्दानी ११ लाख ३१ हजार रुपैयाँमा सीमित छ।

खर्च घटे पनि नाफामा सुधार भएन

कम्पनीको कुल प्रशासनिक तथा अन्य खर्च अघिल्लो आवको २३ करोड ६४ लाख बाट घटेर चालु आवमा १९ करोड ७० लाख रुपैयाँमा झरेको छ। खर्चमा कमी आउँदा पनि आम्दानीको गिरावटका कारण नाफामा उल्लेख्य सुधार देखिएको छैन।

वित्तीय स्थिति कमजोर

  • चुक्ता पूँजी: १ अर्ब १० करोड रुपैयाँ
  • ऋणात्मक रिजर्भ: १७ करोड ८१ लाख रुपैयाँ
  • कुल चालु सम्पत्ति: १५ करोड ८९ लाख रुपैयाँ
  • कुल चालु दायित्व: १५ करोड ९९ लाख रुपैयाँ

प्रमुख वित्तीय सूचकहरू:

  • प्रतिशेयर आम्दानी (EPS): रु. ०.५२
  • प्रतिशेयर नेटवर्थ: रु. ८३.८१
  • तरलता अनुपात: ०.९९%

कम्पनीको कमजोर तरलता अनुपात र ऋणात्मक रिजर्भले वित्तीय दवाब झनै प्रस्ट पारेको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here