27.1 C
Nepal
Wednesday, April 30, 2025

नेरुडे मिर्मिरे लघुवित्तको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने

नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर बिक्रीमा राखिएको छ। संस्थाको ३ लाख ५६ हजार ७०८ कित्ता सेयर बिक्रीमा राखिएको हो।

यो सेयरमा अन्य व्यक्ति तथा संस्थाले खरिदका लागि निवेदन पेस गर्न सक्नेछन्। यसअघि संस्थाका संस्थापक सेयरधनीहरुलाई ३५ दिने सूचना निकालेर सेयर बिक्रीमा राखिएकोमा खरिद आवेदन नपरेपछि सर्वसाधारणले किन्न पाउने गरी पुनः बिक्रीमा राखिएको हो।

इच्छुकले सेयर खरिदका लागि ३५ दिनभित्र निवेदन पेस गर्न सक्नेछन्। निवेदन संस्थाको काभ्रेपलाञ्चोकको बनेपास्थित केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here