19.9 C
Nepal
Sunday, September 28, 2025

कामना सेवा विकास बैंकको ४० हजार कित्ता संस्थापक सेयर बिक्रीमा,न्यूनतम मूल्य १००

spot_imgspot_imgspot_img

कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै ४० हजार कित्ता संस्थापक सेयर आजदेखि बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको हो ।
यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक,अन्य व्यक्ति,संघसंस्था र कम्पनीहरुले खरिद आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ ।

बोलकबोल पेश गर्दा संस्थापकतर्फ न्यूनतम ४० हजार कित्ताका लागि अर्थात सम्पूर्ण कित्ताका लागि आवेदन दिनुपर्नेछ ।

इच्छुक लगानीकर्ताले वैशाख २३ गतेभित्र प्रभु कयापिटल कमलादीमा आवेदन दिइसक्नुपर्ने छ । प्राप्त बोलपत्रहरुमध्ये अधिकतम मूल्यमा आवेदन दिनेलाई सेयर बाँडफाँड गरिने जनाइएको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here