27.9 C
Nepal
Tuesday, April 29, 2025

हाथवे इन्भेष्टमेन्ट नेपालको नाफा ४७ प्रतिशतले घट्यो, आम्दानी र प्रतिशेयर आम्दानीमा पनि गिरावट

हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड (HATHY) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार कम्पनीको खुद नाफा गत वर्षको तुलनामा झन्डै ४८ प्रतिशतले घटेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ३ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिमा रहेको ७ करोड ५० लाख रुपैयाँ नाफाको तुलनामा ४७.६७ प्रतिशत कम हो।

कम्पनीको सञ्चालन तथा कुल आम्दानीमा आएको गिरावट नै नाफा घट्नुको मुख्य कारण हो। त्रैमासिक विवरण अनुसार कम्पनीको सञ्चालन आम्दानी ५७.२४ प्रतिशत र कुल आम्दानी ५६.४२ प्रतिशतले घटेको छ। यस्तै, कम्पनीको कुल खर्च पनि ४४.१७ प्रतिशतले घटेको छ।

नाफामा आएको गिरावटसँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) पनि घटेको छ। समीक्षा अवधिमा ईपीएस २ रुपैयाँ ४ पैसा घटेर १ रुपैयाँ ८५ पैसामा सीमित भएको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ भने ७८ रुपैयाँ ३३ पैसा रहेको छ। मूल्य आम्दानी अनुपात (P/E Ratio) उच्च ७४०.२६ गुणामा पुगेको छ।

वित्तीय विवरणअनुसार कम्पनीको चुक्ता पूँजी १ अर्ब ४१ करोड ५७ लाख रुपैयाँ छ। यस्तै, रिटेन्ड अर्निङ्ग २८ करोड ६२ लाख रुपैयाँ र फेर भ्यालु रिजर्भ ५१ करोड ५७ लाख रुपैयाँ रहेको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here