19.9 C
Nepal
Sunday, September 28, 2025

पैचो पसलले आईपीओ निष्कासन गर्ने

spot_imgspot_imgspot_img

कृषि क्षेत्रमा क्रियाशील पैचो पसल प्रालिले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा एनआईसी एशिया क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

बुटवल, रुपन्देहीस्थित रजिष्ट्रार कार्यालय रहेको पैचो पसल प्रालि उच्च पहाडी क्षेत्रका उत्पादनहरूलाई प्रशोधन तथा बजारसम्म पुर्याउने कार्यमा संलग्न छ। कम्पनीले उच्च गुणस्तर कायम गर्दै तरकारी तथा अन्य खाद्य वस्तु—जस्तै केचप, अचार, जाम आदिको उत्पादन तथा प्याकेजिङ गरी बिक्री वितरण गर्दै आएको छ।

पैचो पसल केवल खाद्य उत्पादनमा मात्र सीमित नरही, बीउबिजन उत्पादनदेखि बजार व्यवस्थासम्म कृषकहरूसँग सहकार्य गर्दै ग्रामीण समुदायको आर्थिक तथा सामाजिक उत्थानमा योगदान पुर्याउँदै आएको कम्पनी हो। साथै, कम्पनीले प्राविधिक परामर्श, व्यवस्थापन, र बजार पहुँच सुनिश्चितता मार्फत कृषकहरूलाई खेत बाहिर पनि जीवनयापनका अवसर सिर्जना गरिरहेको जनाएको छ।

कम्पनीले आईपीओ मार्फत व्यवसायलाई अझ प्रभावकारी रुपमा विस्तार गर्ने लक्ष्य लिएको छ। पैचो पसललाई बेलायतको Foreign, Commonwealth and Development Office (FCDO) अन्तर्गतको CASA Program बाट सक्रिय सहयोग प्राप्त भइरहेको छ। कम्पनीको क्षमता विकास, मूल्य सुदृढीकरण तथा ग्रामीण उद्यमीहरूलाई वित्तीय पहुँच विस्तारका लागि ट्रु नर्थ एसोसिएट्स प्रालिले परामर्श सेवा प्रदान गर्दै आएको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here