एनएमबि बैंक लिमिटेडले ऋणपत्र निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएको छ। बैंकले १ हजार रुपैयाँ अंकित दरमा ५ अर्ब रुपैयाँ बराबरको ‘एनएमबी पावर बोन्ड वान’ नामक ऋणपत्र निष्कासनको लागि वैशाख ११ गते आवेदन दिएको हो।
बोर्डबाट अनुमति प्राप्त गरेपछि बैंकले व्यक्तिगत तवरबाट ३० लाख कित्ता र सर्वसाधारणका लागि २० लाख कित्ता गरी कुल ५० लाख कित्ता ऋणपत्र जारी गर्नेछ।
७ वर्षे अवधिको यो ऋणपत्रमा वार्षिक ७ प्रतिशत प्रतिफल रहनेछ। बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।