29.9 C
Nepal
Monday, April 28, 2025

गोर्खाज फाइनान्समा दुईजना सञ्चालक नियुक्त

गोर्खाज फाइनान्स लिमिटेडमा दुईवटा सञ्चालक नियुक्त भएका छन् । वैशाख १४ गते बसेको कम्पनीको सञ्चालक समितिको ५१७ औं बैठकले रिक्त रहेको सञ्चालक पदमा कर्मेन्द्र विक्रम नेम्वाङ(लिम्बु) र विनोद कुमार चोङवाङलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

बैठकले कर्मेन्द्र विक्रम नेम्वाङ(लिम्बु)लाई संस्थापक सेयरधनीका तर्फबाट र विनोद कुमार चोङवाङलाई सर्वसाधारण समूह तर्फबाट प्रतिनिधित्व गर्नेगरी बाँकी कार्यकालका लागि सञ्चालक पदमा नियुक्त गरेको हो ।

यी दुवै जनालाई वैशाख १५ गतेदेखि लागू हुनेगरी नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here