19.2 C
Nepal
Monday, April 28, 2025

नेप्सेमा यी दुइ दुईवटा कम्पनीको सेयरमूल्य समायोजन

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुई कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा स्वरोजगार र स्वाभिमान लघुवित्तको सेयरमूल्य समायोजन भएको हो ।
यी दुवै कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई घोषणा गरेको बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो । समायोजनपश्चात स्वरोजगार लघुवित्तको सेयरमूल्य प्रतिकित्ता ८४६.०३ रुपैयाँ कायम भएको छ । कम्पनीको अन्तिम कारोबार मूल्य ९६०.२४ रुपैयाँ कायम थियो ।

स्वरोजगार लघुवित्तले गत आवका लागि १३.५० प्रतिशत बोनस सेयर र ०.७१०५२६३१७ प्रतिशत नगद लाभांश९कर प्रयोजनका लागि० प्रस्ताव गरेको छ ।

त्यस्तै, स्वाभिमान लघुवित्तको सेयरमूल्य प्रतिकित्ता १ हजार ७३६.०३ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि संस्थाको सेयरमूल्य प्रतिकित्ता १ हजार ८२२.८६ रुपैयाँ थियो । स्वाभिमानले पनि गत आवका लागि ५ प्रतिशत बोनस सेयर र ०।२३६२ प्रतिशत नगद लाभांश९कर प्रयोजनका लागि०गरी कुल ५।२३६२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।

आजको कारोबारदेखि नयाँ समायोजित मूल्यअनुसार यी दुवै कम्पनीको सेयर कारोबारमा आउनेछन् ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here