21 C
Nepal
Monday, May 19, 2025

राष्ट्र बैंकद्वारा आज ३५ अर्ब रुपैयाँ निक्षेप संकलनमार्फत बजारबाट झिकिँदै

नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ३५ अर्ब रुपैयाँ झिक्ने भएको छ। तरलता व्यवस्थापनका लागि केन्द्रीय बैंकले अल्पकालीन उपकरण ‘निक्षेप संकलन’ को प्रयोग गर्दै यो रकम २१ दिनका लागि झिक्न लागेको हो।

राष्ट्र बैंकले नियमित रूपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको छ। सोही निरन्तरतामा आज मध्यान्ह ३ बजे अनलाइन बिडिङ सिस्टममार्फत बोलकबोल हुने जानकारी दिइएको छ।

बोलकबोल प्रक्रियामा इच्छुक क, ख र ग वर्गका इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाले भाग लिन सक्नेछन्। सहभागिताका लागि न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ अर्ब रुपैयाँको आवेदन दिन सकिनेछ। बिड गर्दा निःशेष भाग जाने गरी रकम प्रस्ताव गर्नुपर्नेछ।

यस निक्षेप संकलनको साँवा तथा ब्याज वैशाख ३१ गते भुक्तानी गरिनेछ।

राष्ट्र बैंकले पछिल्लो समय बजारमा रहेका तरलता व्यवस्थापनका उपायस्वरूप नियमित रूपमा निक्षेप संकलन गर्दै आएको छ, जसले बैंकिङ प्रणालीमा सन्तुलन कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here