24.6 C
Nepal
Thursday, April 17, 2025

एपेक्स हस्पिट्यालिटीले प्रिमियम मूल्यमा १४.७५ लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै

एपेक्स हस्पिट्यालिटी लिमिटेडले १४ लाख ७५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले प्रतिकित्ता मूल्य रु १०० मा ३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता १३५ रुपैयाँमा उक्त सेयर बिक्रीमा राखेको हो ।

सेयर खरिदका लागि कम्पनीकहा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ७ दिनभित्र सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ ।

निर्धारित समयभित्र आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा कम्पनीलाई उक्त सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here