काठमाडौं, वैशाख ४ – स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी वैशाख २९ गते १६औं वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। चैत २ गते बसेको सञ्चालक समितिको बैठकले सभाको निर्णय गरेको हो।
संस्थाले सभा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११:३० बजे आयोजना गर्नेछ। सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको वित्तीय विवरणहरू पारित गरिनेछ। साथै, आव २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पेश गरिनेछ।
यस वर्षको साधारण सभामा १३.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७१०५२६३१७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गरिनेछ। सो प्रस्ताव पारित भएपछि सेयरधनीहरूले बोनस र नगद लाभांश प्राप्त गर्नेछन्।
त्यस्तै, सभा मार्फत संस्थालाई अन्य एक वा एकभन्दा बढी उपयुक्त वित्तीय संस्थाहरूसँग गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रियाका लागि आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने विशेष प्रस्ताव पनि पारित गरिनेछ।
संस्थाले वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि वैशाख ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसअनुसार वैशाख १० गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन्।
स्रोतका अनुसार, सभा संस्थाको आगामी रणनीतिक निर्णयका दृष्टिले महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।