35.6 C
Nepal
Thursday, April 24, 2025

वैशाख ८ गतेदेखि ट्रेड टावरले आईपीओ निष्कासन गर्दै

काठमाडौं । ट्रेड टावर लिमिटेडले आगामी वैशाख ८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि आईपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।

कम्पनीले कुल जारी पूँजीको १० प्रतिशत हिस्सा अर्थात् ३ लाख ९७ हजार १६९.३० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याएको हो।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई चैत २५ गते रु १०० अंकित दरका ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर निष्कासन गर्न अनुमति दिएको थियो। पहिलो चरणमा यो आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित गरी ल्याइएको हो।

सेयर निष्कासन बन्द हुने मिति वैशाख २२ गते तोकिएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सबै ASBA सदस्य बैंक तथा वित्तीय संस्था, तिनका शाखा तथा मेरो सेयर अनलाइनमार्फत पनि आवेदन दिन सक्नेछन्।

कम्पनीले जानकारी गराए अनुसार, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको सेयर पूर्ण रूपमा बिक्री नभएमा बाँकी सेयर सर्वसाधारण समूहमा थप गरी दोस्रो चरणमा निष्कासन गरिनेछ।

आईपीओका लागि इक्रा नेपालले कम्पनीलाई ‘ICRANP Issuer Rating BB–’ रेटिङ दिएको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। कम्पनीको साधारण लगानी फिर्ता हुने अवधि ६.९३ वर्ष तोकिएको छ।

सेयर बाँडफाँड भइसकेपछि ट्रेड टावर लिमिटेडले आम सर्वसाधारणका लागि दोस्रो चरणको आईपीओ ल्याउने तयारी गरेको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here