19.8 C
Nepal
Friday, April 18, 2025

यूनिटक हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने

यूनिटक हाईड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासनको तयारी थालेको छ। सोही उद्देश्यसहित कम्पनीले आगामी वैशाख २० गते वार्षिक साधारण सभा आह्वान गरेको छ।

चैत २२ गते बसेको सञ्चालक समितिको बैठकले ललितपुरको कुपण्डोलस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११:३० बजे साधारण सभा गर्ने निर्णय गरेको हो।

सभामा आम सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने प्रस्तावसहित कम्पनीको आर्थिक तथा कार्ययोजना सम्बन्धी विशेष प्रस्तावहरू पारित गरिनेछ।

त्यसैगरी, सभामा गत आर्थिक वर्षको वित्तीय विवरण अनुमोदन, लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणलगायत नियमित प्रस्तावहरूसमेत छलफल गरी पारित गरिनेछ।

कम्पनीले रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गर्ने प्रस्तावसमेत सभामा प्रस्तुत गर्ने जनाएको छ।

यूनिटक हाइड्रोपावरले आईपीओ निष्कासनमार्फत सर्वसाधारणबाट पूँजी संकलन गर्ने तयारी थालेसँगै जलविद्युत् क्षेत्रमा थप एक कम्पनीले शेयर बजारमा प्रवेश गर्न लागेको छ। आगामी साधारण सभाले प्रस्ताव पारित गरेपछि नियामक निकायहरूबाट स्वीकृति लिएर आईपीओ प्रक्रिया अगाडि बढाइनेछ।

लगानीकर्ताहरूका लागि नयाँ अवसरको रूपमा हेरिएको यस आईपीओले जलविद्युत् क्षेत्रमा लगानीको आकर्षण अझ बढाउने अपेक्षा गरिएको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here