19.9 C
Nepal
Sunday, September 28, 2025

वैशाख ५ गतेदेखि सान्भी इनर्जीले आईपीओ निष्कासन गर्ने

spot_imgspot_imgspot_img

सान्भी इनर्जी लिमिटेडले आगामी वैशाख ५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि आईपीओ निष्कासन गर्ने घोषणा गरेको छ। कम्पनीले यस चरणमा कुल ११ लाख ७१ हजार कित्ता शेयर निष्कासन गर्न लागेको हो।

नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त यस योजनाअनुसार, कम्पनीले आफ्नो रु. ८८ करोड जारी पूँजीको ४३.०७ प्रतिशत अर्थात ३७ लाख ९० हजार कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको हो।

यस अन्तर्गत:

  • आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि कुल ८ लाख ८० हजार कित्ता (जारी पूँजीको १०%)
  • वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २ लाख ४१ हजार कित्ता (जारी पूँजीको १०%)
  • सर्वसाधारणका लागि भने आगामी दोस्रो चरणमा २४ लाख १० हजार कित्ता (जारी पूँजीको ३३.०७%) सेयर जारी गरिनेछ।

योग्य क्षेत्रहरूमा इलाम जिल्ला अन्तर्गत इलाम नगरपालिका वडा नं. १०, माईजोगमाई गाउँपालिका वडा नं. १, ३, ४, सूर्योदय नगरपालिका वडा नं. १० र ११ का स्थायी बासिन्दाहरूले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

आईपीओ निष्कासन म्याद:

  • आयोजना प्रभावित क्षेत्रका लागि आवेदन दिने अन्तिम म्याद छिटोमा वैशाख १९ गते र ढिलोमा जेठ ३ गतेसम्म हुनेछ।
  • वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने आवेदन दिने अन्तिम म्याद वैशाख १९ गतेसम्म हुनेछ।

आवेदन प्रक्रिया:

  • आयोजनास्थल, सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरूको शाखा कार्यालय तथा नबिल बैंकको फिक्कल शाखामार्फत आवेदन दिन सकिनेछ।
  • वैदेशिक रोजगारीमा रहेका नेपालीले सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरूका शाखा तथा मेरो सेयर अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी नेपाल एसबीआई मर्चेन्ट बैंकिङले लिएको छ। पहिलो चरणपछि, कम्पनीले आम सर्वसाधारणका लागि दोस्रो चरणमा आईपीओ निष्कासन गर्ने तयारी समेत गरिरहेको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here