20.5 C
Nepal
Friday, April 25, 2025

बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ६८ खर्ब नाघ्यो, लगानीयोग्य रकम ६ खर्बभन्दा बढी

नेपालका बैंक तथा वित्तीय संस्थाहरुको निक्षेपको आकार ६८ खर्ब रुपैयाँ नाघेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार चैत २० गतेसम्म वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले कुल ६८ खर्ब रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेका छन्।

चैत १९ गतेसम्म यो निक्षेप ६७ खर्ब ९० अर्ब रुपैयाँ थियो भने, एकै दिनमा निक्षेप १० अर्ब रुपैयाँले वृद्धि भएको देखिएको छ। तर, सोही अवधिमा कर्जा लगानीमा भने उल्लेख्य सुधार देखिएको छैन। केन्द्रीय बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुले हालसम्म जम्मा ५४ खर्ब ८० अर्ब रुपैयाँ मात्र कर्जा प्रवाह गर्न सकेका छन्।

विशेषगरी वाणिज्य बैंकहरुको हकमा चैत १९ गतेको ६० खर्ब ६३ अर्ब रुपैयाँ निक्षेप एकै दिनमा बढेर ६० खर्ब ७१ अर्ब रुपैयाँ पुगेको छ। यस्तै, सो अवधिमा वाणिज्य बैंकहरुले ४ अर्ब रुपैयाँको थप कर्जा प्रवाह गर्दै कुल कर्जा लगानी ४८ खर्ब ६४ अर्ब रुपैयाँ पुर्‍याएका छन्।

राष्ट्र बैंकको तथ्यांक अनुसार चैत २० गतेसम्म औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ३९.३४ प्रतिशत र अन्तर बैंक ब्याजदर ३ प्रतिशत कायम रहेको छ।

यी तथ्यांकहरु हेर्दा बैंकहरुसँग करिब ६ खर्ब ४० अर्ब रुपैयाँ लगानीयोग्य रकम रहेको देखिन्छ। तर, बजारमा कर्जाको माग कम भइरहेका कारण उक्त रकम बैंकहरुसँग थुप्रिन पुगेको छ। जोखिम बढ्ने चिन्तासँगै बैंकहरुले लगानीमा कडाई गर्दा निक्षेपमा वृद्धि भए पनि कर्जा प्रवाहमा अपेक्षित सुधार आउन नसकेको विज्ञहरुको भनाइ छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here