पाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना संस्थापक सेयरधनीमध्ये एक, प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी लिमिटेड को स्वामित्वमा रहेका ५ लाख २३ हजार ११२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।
कम्पनीले आज एक सूचना प्रकाशित गर्दै उक्त सेयर बिक्री खुला गरेको जानकारी गराएको हो। यस सेयर खरिदका लागि हालका संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन्। इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ।
कम्पनीले यदि तोकिएको समयसीमाभित्र कुनै विद्यमान संस्थापक सेयरधनीबाट आवेदन नपरेमा ती सेयर अन्य व्यक्ति वा कम्पनीलाई बिक्री गरिने जानकारी पनि दिएको छ।
नेपाल लाइफ इन्स्योरेन्स देशकै अग्रणी जीवन बीमा कम्पनीहरुमध्ये एक हो, जसले बीमा क्षेत्रको दीर्घकालीन स्थायित्वमा योगदान पुर्याउँदै आएको छ।




