नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुङ्गानाले पदबाट राजीनामा दिएका छन्। उनले नेपाल राष्ट्र बैंकको गभर्नर पदमा प्रतिस्पर्धा गर्नका लागि राजीनामा दिएका हुन ।
चौधरी ग्रुपको आडमा उनले सो पदमा दाबेदारी दिन लागेको बताईएको छ । गभर्नरको एउटा निर्णयले ब्यबसायीले करोडौ फाईदा वा घाटा हुन सक्दछ त्यसैले ब्यबसायीले यो पदलाई महत्वका साथ हेर्छन ।
मुलुकबाट पैसा बाहिर लान र मुलुकमा पैसा भित्राउन पनि राष्ट्र बैंकको भूमिका हुने भएकोले यसमा आफ्नो मान्छे राख्ने ब्यबसायिक घरानाको चाहना हुने गर्दछ ।
पछिल्लो समय गभर्नर पदका लागि विभिन्न व्यक्तित्वहरूको चर्चा चलेको छ। सोही चर्चामा ढुङ्गाना पनि रहेका छन्। उनले केन्द्रीय बैंकको गभर्नर पदका लागि बिदा लिएर विगतदेखि नै तयारी गरिरहेका थिए।
गभर्नरमा वरिष्ठ डेपुटी गभर्नर डा नीलम ढुंगानाको पनि पहिलो महिला गभर्नर हुन सक्ने भन्दै चर्चा चलिरहेको छ ।
यो पनि