34.5 C
Nepal
Friday, April 25, 2025

राष्ट्रिय जीवन बीमा कम्पनीले साधारण सभा बोलायो

काठमाडौं। राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड (साविकको राष्ट्रिय बीमा संस्थान) ले पहिलो वार्षिक साधारण सभा डाकेको छ। चैत १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले वैशाख ३ गते सभा आयोजना गर्ने निर्णय गरेको हो।

कम्पनीले जनाएको अनुसार सभा काठमाडौंको रामशाहपथस्थित प्रधान कार्यालयमा दिउँसो ४ बजेबाट सुरु हुनेछ। सभामा सञ्चालक समितिको गत असार ३ गतेको बैठकले स्वीकृत गरेको पूँजी वृद्धि योजनालाई अनुमोदन गरिनेछ। साथै, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ।

त्यसैगरी, सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। नेपाल सरकारको गत जेठ ३ गतेको निर्णयअनुसार सञ्चालक समितिलाई अनुमोदन गरी सोही समितिलाई निरन्तरता दिने विषयमा पनि छलफल हुनेछ। साथै, साविकको राष्ट्रिय बीमा संस्थानको आर्थिक वर्ष २०६९/७० देखि २०७३/७४ सम्मको वित्तीय विवरणहरू छलफल गरी पारित गरिने कम्पनीले जनाएको छ।

सभाले आर्थिक वर्ष २०७६/७७, २०७७/७८ र २०७८/७९ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक अनुमोदन गर्ने निर्णय पनि गर्नेछ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here