19.9 C
Nepal
Sunday, September 28, 2025

प्रिमियम मूल्यमा किसान होल्डिङले आइपिओ जारी गर्ने, साधारण सभा चैत ३१ मा

spot_imgspot_imgspot_img

किसान होल्डिङ लिमिटेड ले आईपीओ निष्कासनको मुख्य प्रस्तावसहित वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। कम्पनी सञ्चालक समितिको चैत ६ गते बसेको बैठक ले चैत ३१ गते स्याङजामा साधारण सभा गर्ने निर्णय गरेको हो।

सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली अनुरूप आईपीओ प्रिमियम मूल्यमा सर्वसाधारणलाई निष्कासन गर्ने प्रस्ताव पेश गरिनेछ। साथै, धितोपत्र सम्बन्धी प्रचलित नियमअनुसार सम्बन्धित क्षेत्र तथा समूहलाई पनि आईपीओ जारी गर्ने विशेष प्रस्ताव पारित गरिनेछ।

त्यस्तै, आईपीओ निष्कासनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभामा पेस गरिनेछ।

यस अतिरिक्त, कम्पनीको वार्षिक प्रतिवेदन, वित्तीय विवरणहरू माथि छलफल गरी पारित गरिने छ।

किसान होल्डिङ लिमिटेडको आईपीओ निष्कासन योजनाले लगानीकर्ताहरूको ध्यान आकर्षित गरेको छ। अब कम्पनीको आगामी निर्णय तथा नेपाल धितोपत्र बोर्ड (SEBON) बाट अनुमोदन प्रक्रिया कसरी अघि बढ्छ भन्ने चासो बढ्दै गएको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here