12 C
Nepal
Friday, February 13, 2026

स्वाभिमान लघुवित्तले ५.२३६२ प्रतिशत लाभांश वितरण गर्ने

spot_imgspot_imgspot_img

काठमाडौं। स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश घोषणा गरेको छ। चैत ७ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरूलाई लाभान्वित गर्ने गरी लाभांश वितरणको निर्णय गरेको हो।

सञ्चालक समितिको निर्णयअनुसार, संस्थाले हाल कायम चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र ०.२३६२ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल ५.२३६२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।

लाभांश वितरणका लागि संस्थाले नेपाल राष्ट्र बैंकसमक्ष स्वीकृतिका लागि प्रस्ताव पेश गर्नेछ। राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरूलाई वितरण गरिनेछ।

स्वाभिमान लघुवित्तको यो निर्णयले सेयरधनीहरूलाई प्रत्यक्ष रूपमा लाभ पुर्‍याउने विश्वास गरिएको छ। वित्तीय क्षेत्रको सुधारसँगै लघुवित्त संस्थाहरूले नियमित रूपमा लाभांश वितरण गर्न थालेका छन्, जसले लगानीकर्ताहरूलाई प्रोत्साहन प्रदान गर्ने अपेक्षा गरिएको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here