22.6 C
Nepal
Friday, April 25, 2025

साताको अन्तिम कारोबार दिन पनि नेप्सेमा गिरावट, लगातार पाँच दिनसम्म ओरालो – लगानिकर्ता अन्योलमा

काठमाडौं – साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) पुनः गिरावटमा रह्यो। नेप्से परिसूचक ०.४६ प्रतिशतले घट्दै १२.३८ अंक तल झर्‍यो र २,६६९.७६ विन्दुमा सीमित बन्यो।

बलिया कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.४३ प्रतिशतले घट्दै ४४७.९४ विन्दुमा झर्‍यो।

आजको कारोबारमा नेप्सेमा सूचीकृत ३१२ वटा स्क्रिप्टको ९५ लाख ९९ हजार ३४३ कित्ता सेयर किनबेच भएको थियो, जसको कुल कारोबार रकम ४ अर्ब ५६ करोड १३ लाख रुपैयाँभन्दा बढी रह्यो।

लगातार पाँच दिनसम्म नेप्से ओरालो लागेको छ।

बीमा समूह मात्रै हरियो, अन्य सबै समूह राताम्मे

नेप्सेका १३ वटा समूहमध्ये जीवन बीमा समूह मात्रै हरियो रह्यो। यो समूह ०.०३ प्रतिशतले बढेको छ।

सबैभन्दा बढी गिरावट फाइनान्स समूहमा देखियो, जुन १.३५ प्रतिशतले घट्यो। अन्य समूहहरूको अवस्था यस्तो रह्यो:

  • बैंकिङ :- – ०.३७%
  • विकास बैंक :- – ०.२०%
  • होटल :- – ०.५०%
  • हाईड्रो :- – ०.६४%
  • लगानी :- – ०.१०%
  • उत्पादन तथा प्रशोधन :- – ०.७१%
  • लघुवित्त :- – ०.५५%
  • म्युचुअल फण्ड :- – ०.३९%
  • निर्जीवन बीमा :- – ०.९६%
  • अन्य :- – ०.६१%
  • व्यापार :- – ०.३२%

धेरै कारोबार गर्ने कम्पनीहरू

आज सबैभन्दा धेरै कारोबार नेपाल पुनर्बीमा कम्पनीको भयो। यसको कारोबार २८ करोड २१ लाख रुपैयाँभन्दा बढी रह्यो।

अन्य धेरै कारोबार भएका कम्पनीहरू:

  • हिमालयन रि इन्स्योरेन्स – २३ करोड १२ लाख
  • सिन्धु विकास बैंक – १६ करोड ६४ लाख
  • युनाइटेड मोदी – १६ करोड २३ लाख
  • घलेम्दी हाईड्रो – १३ करोड ६ लाख

धेरै कमाउने र गुमाउने कम्पनीहरू

आज कुनै पनि कम्पनीको सेयरमूल्यमा अपर सर्किट लागेन।

धेरै कमाउने कम्पनीहरू:

  • दोल्ती पावर – ७.५३% वृद्धि
  • एशियन हाईड्रो – ५.४९% वृद्धि
  • सिन्धु विकास बैंक – ४.९७% वृद्धि
  • गार्डियन माइक्रो लाइफ – ४.४३% वृद्धि
  • स्वेत गंगा हाईड्रो – ४.२४% वृद्धि

धेरै गुमाउने कम्पनीहरू:

  • मिथिला लघुवित्त – १०% गिरावट (लोअर सर्किट)
  • भूगोल इनर्जी – १०% गिरावट (लोअर सर्किट)

साताको अन्तिम कारोबार दिन समेत गिरावट आएपछि लगानीकर्ताहरू चिन्तित बनेका छन्। लगातार पाँच दिनसम्म नेप्से ओरालो लाग्दा बजारको समग्र अवस्था कमजोर देखिएको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here