10.2 C
Nepal
Friday, February 13, 2026

एसइई परीक्षामा आजदेखि ५.१४ लाख विद्यार्थीले परिक्षा दिदै

spot_imgspot_imgspot_img

चालु शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि देशभर सुरु भएको छ। पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन भइरहेको छ। परीक्षा बिहान ८ बजेदेखि सुरु भएको हो।

यस वर्षको एसईई परीक्षामा देशभरका २ हजार ७९ परीक्षा केन्द्रहरूबाट ५ लाख १४ हजार ७१ परीक्षार्थी सहभागी भएका छन्। नेपाल बाहिर जापानमा समेत परीक्षा केन्द्र तोकिएको छ, जहाँ २९ जना विद्यार्थीले परीक्षा दिइरहेका छन्। यस्तै, केन्द्रीय कारागार सुन्धारा र दैलेख कारागारमा पनि परीक्षा सञ्चालनको व्यवस्था मिलाइएको छ।

काठमाडौंमा सबैभन्दा धेरै परीक्षार्थी

यस वर्ष सबैभन्दा बढी परीक्षार्थी काठमाडौं जिल्लामा रहेका छन्, जहाँ ३९ हजार ६०० विद्यार्थी परीक्षा दिइरहेका छन्। त्यस्तै, सबैभन्दा कम परीक्षार्थी मनाङ जिल्लामा रहेका छन्, जहाँ जम्मा ४३ जना विद्यार्थीले परीक्षा दिएका छन्।

एसईई परीक्षा आगामी चैत १९ गतेसम्म सञ्चालन हुनेछ। राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको नतिजा आगामी असार ७ गतेभित्र सार्वजनिक गर्ने जनाएको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here