19.9 C
Nepal
Sunday, September 28, 2025

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ८० हजार कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य २०५ रुपैयाँ

spot_imgspot_imgspot_img

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक समूहतर्फको ८० हजार कित्ता सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको उक्त सेयर आजदेखि बिक्रीमा राखेको हो ।
यो सेयर खरिदका लागि जो कोही व्यक्ति, कम्पनी तथा संघसंस्थाहरुले खरिद आवेदन दिन सक्नेछन् ।

इच्छुक लगानीकर्ताले बिक्री प्रबन्धक प्रभु क्यापिटलमा आवेदन दिनुपर्नेछ । आवेदन दिदा आफूले खरिद गर्न चाहेको सेयर कित्ताको व्यहोरा खुलाउनुका साथै नेपाल बीमा प्राधिकरणबाट तोकिएको ‘फिट एण्ड प्रोपर टेष्टबमोजिमका कागजात अनिवार्य पेश गर्नु पर्नेछ ।

लगानीकर्ताले चैत १२ गतेसम्म आवेदन दिनसक्नेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २०५ रुपैयाँ कायम रहेको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here