19.9 C
Nepal
Sunday, September 28, 2025

मेडिकेयर हस्पिटलले आईपीओ निष्कासन गर्ने

spot_imgspot_imgspot_img

मेडिकेयर हस्पिटल लिमिटेडले आईपीओ जारी  गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको छ ।

चैत १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी चैत २३ गते काठमाण्डौको धुम्बाराहीमा रहेको रामदा होटलमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।

उक्त सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन भएपश्चात सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

यस्तै आईपीओ जारी गरेपश्चात प्राप्त हुने पूँजीको उपयोग र अंकित मूल्य परिवर्तन गर्ने प्रस्ताव समेत पारित हुनेछ ।

सभामा नियमनकारी निकायबाट कुनै विषयमा परिवर्तन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव समेत पारित हुनेछ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here