29.2 C
Nepal
Sunday, March 16, 2025

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सीईओ सर्टलिस्ट सार्वजनिक

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) को रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि पाँच जनाको नाम सर्टलिस्ट गरिएको छ। अर्थ मन्त्रालयद्वारा गठित सिफारिस समितिले नेप्सेको सीईओ पदका लागि आवेदन दिएका १० जना उम्मेदवारमध्ये पाँच जनाको नाम सर्टलिस्ट गरेको हो।

सिफारिस समितिले सार्वजनिक गरेको सर्टलिस्टमा चुडामणी चापागाईँ, नारद कुमार लुईटेल, पूर्ण प्रसाद आचार्य, बद्री प्रसाद प्याकुरेल र हेमन्त बस्याल समावेश भएका छन्। समितिका अनुसार उनीहरूलाई शैक्षिक योग्यता तथा व्यावसायिक कार्य योजनाको मूल्याङ्कनका आधारमा उत्कृष्ट अंक प्राप्त गरेकाले अन्तिम सूचीमा राखिएको हो।

सर्टलिस्टमा परेका उम्मेदवारहरूलाई चैत ६ गते बुधबार अर्थ मन्त्रालयमा व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाइएको छ। समितिका अनुसार अन्तर्वार्ता बिहान ७ बजेदेखि सुरू हुनेछ।

यसअघि नेप्सेको सीईओ चयन प्रक्रिया लामो समयदेखि अलमलमा परेको थियो। अब भने अन्तर्वार्तापछि छानिएका उम्मेदवारमध्येबाट योग्य व्यक्ति नियुक्त गरिनेछ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here