13.5 C
Nepal
Friday, March 14, 2025

सप्तकोशी डेभलपमेन्ट बैंकको १६ हजार कित्ता संस्थापक सेयर लिलाम बिक्रीमा

सप्तकोशी डेभलपमेन्ट बैंकले विभिन्न संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले कुल १६ हजार ३८२० कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।

कुल सेयरमध्ये १० हजार ९८२ कित्ता आम सर्वसाधारण र ५ हजार ४ सय कित्ता संस्थापक सेयरधनीहरुका लागि मात्रै बिक्रीमा राखिएको छ आम सर्वसाधारणका लागि बिक्रीमा राखिएको सेयरको न्यूनतम प्रतिकित्ता मूल्य ६५५ रुपैयाँ र संस्थापक सेयरधनीका लागि बिक्रीमा राखिएको सेयरको मूल्य प्रतिकित्ता ४५० रुपैयाँ तोकिएको छ ।

संस्थापक सेयरधनीहरुले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र र सर्वसाधारणले १५ दिनभित्र आवेदन दिनु पर्नेछ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here