बलेफी हाईड्रोपावर लिमिटेडले गत फागुन ५ गतेदेखि फागुन १९ गतेसम्म लिलामीमा राखेको १७ लाख ९८ हजार ६५६ कित्ता अवितरित हकप्रद सेयर फागुन २७ गते बाँडफाँड गरेको छ ।
उक्त लिलामी सेयरको शिलबन्दी बोलपत्र भने गत फागुन २२ गते खोलिएको थियो । संस्थापक सेयरको ६ लाख ७६ हजार १९१ कित्ता सेयरको अन्तिम मूल्य २२८.११ रुपैयाँ, सर्वसाधारण समूहको ५ लाख ८ हजार ८९२ कित्ताको २२६ रुपैयाँ र सर्वसाधारण समूहको ६ लाख १३ हजार ५७३ को अन्तिम मूल्य ३२२.५० रुपैयाँ कायम भएको बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलले जनाएको छ ।
बाँडफाँडमा नपरेका आवेदकहरुको सेयरबापतको रकम फिर्ता भुक्तानी फागुन २८ गतेदेखि भएको समेत बिक्री प्रबन्धकले जनाएको छ ।