28.9 C
Nepal
Wednesday, March 12, 2025

नेप्सेमा दुई कम्पनीको सेयरमूल्य समायोजन

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुई कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा सिटिजन लाइफ इन्स्योरेन्स र नेष्डो समृद्ध लघुवित्तको सेयरमूल्य समायोजन भएको हो ।
यी दुवै कम्पनीले घोषणा गरेको बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो । समायोजनपश्चात सिटिजन लाइफ इन्स्योरेन्सको सेयरमूल्य प्रतिकित्ता ५७१.४१ रुपैयाँ कायम भएको छ । कम्पनीको अन्तिम कारोबार मूल्य ७२५.६० रुपैयाँ कायम थियो ।

कम्पनीले गत आवका लागि २६.९८ प्रतिशत बोनस सेयर र १.४२ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि)गरी कुल २८.४ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

त्यस्तै, नेष्डो समृद्ध लघुवित्तको सेयरमूल्य प्रतिकित्ता १९८९.५० रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि संस्थाको सेयरमूल्य प्रतिकित्ता २२७३ रुपैयाँ थियो ।

आगामी कारोबारदेखि नयाँ समायोजित मूल्यअनुसार यी दुवै कम्पनीको सेयर कारोबारमा आउनेछन् ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here