20.9 C
Nepal
Tuesday, March 11, 2025

युनाइटेड मोदी हाईड्रोपावरको ११ औं वार्षिक साधारण सभा चैत २७ गते

काठमाडौं । युनाइटेड मोदी हाईड्रोपावर लिमिटेड ले ११ औं वार्षिक साधारण सभा आह्वान गरेको छ। फागुन २५ गते बसेको सञ्चालक समितिको बैठक ले सभाको मिति तय गरेको हो।

सभा चैत २७ गते काठमाडौंको कालिमाटीस्थित कालिमाटी ब्याङ्क्वेट मा बिहान ११:०० बजे सुरु हुनेछ।

सभाका प्रमुख एजेन्डा

  1. हकप्रद सेयर संशोधन प्रस्ताव
    • १० औं साधारण सभाबाट पारित १००% हकप्रद निष्कासन प्रस्तावलाई संशोधन गरी १:०.६५ अनुपात कायम गर्ने।
    • हकप्रद सेयर निष्कासनका लागि अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने विशेष प्रस्ताव पारित गर्ने।
  2. आर्थिक प्रतिवेदन पारित गर्ने
    • सञ्चालक समितिका अध्यक्षद्वारा प्रस्तुत २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने।
    • वित्तीय विवरणहरू पारित गर्ने।
  3. लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण
    • चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने।
  4. नयाँ लगानीको निर्णय अख्तियार दिने
    • अन्य लगानीयोग्य परियोजनाहरू पहिचान गरी लगानी गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्ने।

सभामा प्रस्तावित निर्णयहरू पारित भएपछि हकप्रद सेयर निष्कासन प्रक्रिया अघि बढ्नेछ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here