12.8 C
Nepal
Tuesday, March 11, 2025

सानिमा जिआईसी इन्स्योरेन्सको ७ औं वार्षिक साधारण सभा चैत २१ गते

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनी लिमिटेड ले आफ्नो ७ औं वार्षिक साधारण सभा तथा बुक क्लोज मिति निर्धारण गरेको छ। फागुन ২৬ गते बसेको सञ्चालक समितिको बैठक ले सभा आयोजनाको निर्णय गरेको हो।

सभा चैत २१ गते काठमाडौंको कालिकास्थानस्थित अमृतभोग पार्टी प्यालेस मा बिहान ११:०० बजे सुरु हुनेछ।

सभाका प्रमुख एजेन्डा

  1. लाभांश प्रस्ताव
    • ७.५% बोनस सेयर
    • ०.३९४७% नगद लाभांश (कर प्रयोजनका लागि)
    • कुल ७.८९४७% लाभांश वितरण को प्रस्ताव पारित गरिनेछ।
  2. हकप्रद सेयर संशोधन
    • गत ६ औं साधारण सभाबाट पारित २५% हकप्रद सेयरलाई संशोधन गरी १७% कायम गर्ने।
  3. अन्य प्रस्तावहरू
    • नियमनकारी निकायहरूको निर्देशन अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियार प्रदान गर्ने।
    • आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने।
    • लेखापरीक्षकको प्रतिवेदनसहितको २०८१ असार मसान्तसम्मको वित्तीय विवरण पारित गर्ने।
    • २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने।

बुक क्लोज मिति

  • कम्पनीले वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि चैत ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।
  • चैत ७ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम भएका सेयरधनीहरू मात्र प्रस्तावित लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन्।
spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here