20.9 C
Nepal
Tuesday, March 11, 2025

आज आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको लिलामी सेयरमा आवेदन दिने अन्तिम दिन

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत फागुन २० गतेदेखि संस्थापक समूहतर्फको ८० हजार कित्ता सेयर लिलामीमार्फत बिक्रीमा राखेको थियो ।

कम्पनीले दुई जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ३ लाख ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । यो सेयर खरिदका लागि जो कोही व्यक्ति, कम्पनी तथा संघसंस्थाहरुले खरिद आवेदन दिन सक्नेछन् ।

इच्छुक लगानीकर्ताले बिक्री प्रबन्धक प्रभु क्यापिटलमा आफूले खरिद गर्न चाहेको सेयर कित्ताको व्यहोरा खुलाई आवेदन पेस गर्नुपर्नेछ । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २११ रुपैयाँ कायम थियो ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here