16.1 C
Nepal
Tuesday, March 11, 2025

नेप्सेमा सानिमा रिलायन्स लाइफको सेयरमूल्य समायोजन

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई प्रस्ताव गरेको १.२४८९ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।

नेप्सेमा भएको समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४३६.९४ रुपैयाँ कायम भएको छ । कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४४२.४० रुपैयाँको आधारमा समायोजन भएको हो । आजको कारोबारबाट यहि मूल्यमा आधारमा कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आउनेछ ।

कम्पनीले आर्थिक वर्ष २०८०/८१ को सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई ८ प्रतिशत नगद लाभांश र १.२४८९ बोनस सेयर गरी कुल ९.२४८९ प्रतिशत लाभांश घोषणा गरेको छ । यो लाभांश आगामी चैत ८ गते काठमाण्डौको नयाँ बानेश्वरमा रहेको अनमोल ब्याङ्क्वेटमा आयोजना हुने साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here