20.9 C
Nepal
Tuesday, March 11, 2025

नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ बिहीबार बाँडफाँट हुने

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) बिहीबार (फागुन २२ गते) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलका अनुसार बिहीबार बिहान ८:३० बजे आफ्नै कार्यालय लाजिम्पाट, काठमाडौंमा आइपीओ बाँडफाँट गर्ने अन्तिम तयारी गरिएको छ ।

नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओमा मागभन्दा १३.२७ गुणा बढी आवेदन परेको छ । यसर्थ, गोला प्रथाबाट बाँडफाँट गरिने भएको छ । कम्पनीको सार्वजनिक निष्कासनमा १९ लाख ९७७ आवेदकले कुल २ करोड ४४ लाख ८३ हजार २२० कित्ताका लागि आवेदन दिएका छन् ।

तर, भाग्यशाली १ लाख ८४ हजार ५०० आवेदकले मात्र सेयर हात पार्नेछन् । बाँकी १७ लाख १७ हजार ४७७ जनाको आवेदन भने अस्वीकृत हुनेछ ।

कम्पनीले फागुन ११ गतेदेखि १५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर बिक्री खुला गरेको थियो ।

बाँडफाँटपछि लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट, नेपाल स्टक एक्सचेन्ज (नेप्से) तथा मेरो सेयर पोर्टलबाट आफ्नो नतिजा हेर्न सक्नेछन् ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here