29.1 C
Nepal
Friday, March 14, 2025

ङादी ग्रुप पावर लिमिटेडको अवितरित हकप्रद सेयर लिलामीमार्फत बिक्री

ङादी ग्रुप पावर लिमिटेडले अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने भएको छ। कम्पनीले गत पुस २३ गतेदेखि माघ २९ गतेसम्म १ः१ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको साधारणतर्फको ८ लाख ७३ हजार ६१.२२५ कित्ता सेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो।

कम्पनीले आगामी फागुन २० गतेदेखि उक्त सेयरको बिक्री आवेदन खुलाउने घोषणा गरेको छ। यो सेयर खरिदका लागि जोसुकै व्यक्ति, कम्पनी वा संघ-संस्थाले आवेदन दिन सक्नेछन्। सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ भने बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ।

आवेदन दिने स्थानहरू:

लगानीकर्ताले निम्न स्थानहरूमा बोलपत्र आवेदन पेश गर्न सक्नेछन्:

  • सिद्धार्थ क्यापिटल
  • सिद्धार्थ बैंकका शाखा कार्यालयहरू: विराटनगर, बिर्तामोड, वीरगञ्ज, जनकपुर, हेटौंडा, नारायणगढ, पोखरा, बागलुङ, बुटवल, घोराही, नेपालगञ्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर।

आवेदन दिने अन्तिम मिति:

बोलपत्र आवेदन पेश गर्ने अन्तिम मिति फागुन २८ गते रहेको छ। इच्छुक लगानीकर्ताले तोकिएको समयसीमाभित्र आवेदन दिनुपर्नेछ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here