काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)मा पहिलो दिनमै २.६८ गुणा बढी आवेदन परेको छ । कम्पनीले आजदेखि आम सर्वसाधारणका लागि १८ लाख ४५ हजार कित्ता सेयर जारी गरेको थियो ।
कम्पनीको आईपीओमा पहिलो दिनमै ४९ लाख ४५ हजार ८४० कित्ता सेयरका लागि आवेदन परेको छ । केन्द्रीय निक्षेप प्रणाली तथा क्लियरिङ लिमिटेड (सीडीएससी) को तथ्यांकअनुसार, पहिलो दिनमै माग अत्यधिक देखिएको छ ।
नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले कुल २२ लाख ५० हजार कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि छुट्याएको छ । यस्तै, कम्पनीका कर्मचारीका लागि ३ प्रतिशत अर्थात ६७ हजार ५०० कित्ता र सामूहिक लगानी कोषका लागि ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५०० कित्ता सेयर छुट्याइएको छ ।
यो आईपीओ निष्काशन बन्द छिटोमा फागुन १५ गते र ढिलोमा फागुन २५ गते हुनेछ। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ ।