काठमाडौं । एमबीएल सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने ‘एमबीएल ईक्विटी फण्ड’ को इकाई बिक्री यही फागुन २२ गतेदेखि खुला हुने भएको छ। माछापुच्छ्रे बैंक कोष प्रवर्द्धक तथा माछापुच्छ्रे क्यापिटल योजना व्यवस्थापक/डिपोजिटरी रहेको यो योजनाअन्तर्गत १२ करोड इकाइको बिक्री आवेदन खुला गरिनेछ।
प्रति इकाइ मूल्य रु. १० दरका १२ करोड इकाइमध्ये बीज पूँजी वापत १ प्रतिशत अर्थात १२ लाख इकाइ, योजना व्यवस्थापक माछापुच्छ्रे क्यापिटलका लागि १४ प्रतिशत अर्थात १ करोड ६८ लाख इकाइ, तथा कोष प्रवर्द्धक माछापुच्छ्रे बैंकका लागि सुरक्षित राखिनेछ। बाँकी १० करोड २० लाख इकाइ सर्वसाधारणका लागि बिक्री खुला गरिनेछ।
आवेदन प्रक्रिया
लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतम १ करोड २० लाख इकाइ सम्म आवेदन दिन सक्नेछन्। नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरू (आस्वा सदस्य) का आस्वा सेवा प्रदान गर्ने सम्पूर्ण कार्यालयहरूबाट आवेदन दिन सकिनेछ।
बिक्री अवधि
यो योजनाको इकाई बिक्री छिटोमा फागुन २६ गते र ढिलोमा चैत ७ गते बैंकिङ समयपछि बन्द हुनेछ। १२ वर्षे अवधिको बन्दमुखी योजना रहेको यस योजनाको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।




