23.3 C
Nepal
Sunday, February 23, 2025

प्रभु महालक्ष्मी लाइफको २.२१ लाख कित्ता संस्थापक सेयर लिलाम बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनी माउन्टेन इन्फ्रा कम्पनीको स्वामित्वमा रहेको २ लाख २१ हजार ६५० कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।

यसअघि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखिएकोमा कुनै आवेदन नपरेकाले अन्य व्यक्ति तथा कम्पनीका लागि यो सेयर बिक्रीमा राखिएको कम्पनीले जनाएको छ ।

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ७ दिनभित्र आवेदन दिइसक्नु पर्नेछ । लगानीकर्ताले काठमाण्डौको कमलादीमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here