13.3 C
Nepal
Monday, March 24, 2025

रावा इनर्जी घाटाबाट नाफामा, दोस्रो त्रैमासमा १ करोड ३४ लाख रुपैयाँ कमाइ

काठमाडौं – अघिल्लो आर्थिक वर्ष घाटामा रहेको रावा इनर्जी डेभलपमेन्ट लिमिटेड चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म नाफामा जान सफल भएको छ। कम्पनीले समीक्षाधीन अवधिसम्म १ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिसम्म कम्पनी ५ लाख १७ हजार रुपैयाँ घाटामा रहेको थियो।

कम्पनीले विद्युत् बिक्रीमार्फत ५ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १०८.०५ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनीले विद्युत् बिक्रीबाट २ करोड ६४ लाख रुपैयाँ आम्दानी गरेको थियो।

खर्चको स्थिति समीक्षा अवधिसम्म कम्पनीले कर्मचारीका लागि २९ लाख ८९ हजार रुपैयाँ खर्च गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ७८.९७ प्रतिशतले वृद्धि भएको हो। यस्तै, अघिल्लो आवसम्म २६ लाख ९७ हजार रुपैयाँ रहेको प्रशासनिक तथा अन्य सञ्चालन खर्च घटेर १० लाख ७१ हजार रुपैयाँमा सीमित बनेको छ।

कर्जा र वित्तीय अवस्था कम्पनीले समीक्षा अवधिसम्म ३९ करोड ४१ लाख रुपैयाँ मध्य तथा दीर्घकालीन कर्जा लिएको छ भने ४ करोड १५ लाख रुपैयाँ अल्पकालीन कर्जा लिएको छ। हाल कम्पनीको रिटेन्ड अर्निङ ७ करोड ३७ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ।

कुल चालु सम्पत्ति २ करोड ७३ लाख रुपैयाँ रहेको छ भने कुल चालु दायित्व ६ करोड ७० लाख रुपैयाँ पुगेको छ।

वित्तीय सूचकांकहरू समीक्षा अवधिसम्म कम्पनीको प्रमुख वित्तीय सूचकांक निम्नानुसार रहेका छन्:

  • प्रतिसेयर आम्दानी (EPS): ४.८२ रुपैयाँ
  • प्रतिसेयर नेटवर्थ: ७४ रुपैयाँ
  • मूल्य-आम्दानी अनुपात (P/E Ratio): १६४.५२ गुणा
  • तरलता अनुपात: ०.४१ प्रतिशत
  • प्रतिसेयर कुल सम्पत्तिको मूल्य: २३९.३९ रुपैयाँ

रावा इनर्जीको आम्दानीमा उल्लेख्य वृद्धि भए पनि ऋणात्मक रिटेन्ड अर्निङ तथा उच्च कर्जा लिएको देखिन्छ, जसले कम्पनीको वित्तीय स्थायित्वलाई चुनौती दिने सम्भावना छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here