24.6 C
Nepal
Friday, March 14, 2025

हिमालयन रि इन्स्योरेन्सको नाफा २.३६ प्रतिशतले वृद्धि, आम्दानी र खर्चमा पनि वृद्धि

हिमालयन रि इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमाससम्म ६१ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २.३६ प्रतिशतले वृद्धि भएको हो। गत वर्ष यसै अवधिमा कम्पनीले ६० करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीले २ अर्ब २९ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १४.९० प्रतिशतले वृद्धि भएको हो। कुल आम्दानी पनि ३ अर्ब ४ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको २ अर्ब ४६ करोड रुपैयाँको तुलनामा उल्लेख्य वृद्धि हो।

त्यस्तै, कम्पनीको खर्चमा समेत वृद्धि भएको देखिन्छ। समीक्षाधीन अवधिमा कुल खर्च २५.९१ प्रतिशतले बढेर २ अर्ब २ करोड रुपैयाँ पुगेको छ। यो अवधिमा कम्पनीले १ अर्ब १८ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ।

कम्पनीको महाविपत्ति कोषको आकार १५ करोड ३८ लाख रुपैयाँ पुगेको छ भने रिटेन्ड अर्निङ ४६ करोड ८ लाख रुपैयाँबाट बढेर १ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ।

वित्तीय सूचकांकहरू हेर्दा, कम्पनीको प्रतिसेयर आम्दानी (EPS) ११.७४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६१.५७ रुपैयाँ, र मूल्य–आम्दानी अनुपात (P/E Ratio) ६७.२८ गुणा रहेको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here