24.6 C
Nepal
Friday, March 14, 2025

नेपाल टेलिकमको खुद नाफामा ३३ प्रतिसत गिरावट, दोस्रो त्रैमाससम्म २ अर्ब ६३ करोड नाफा

काठमाडौं – नेपाल टेलिकम (एनटीसी) को चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म खुद नाफामा उल्लेखनीय गिरावट देखिएको छ। कम्पनीले यो अवधिसम्म २ अर्ब ६३ करोड रुपैयाँ नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२.९७ प्रतिशतले कमी आएको हो। गत वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले ३ अर्ब ९३ करोड रुपैयाँ नाफा कमाएको थियो।

नाफासँगै कम्पनीको कुल आम्दानीमा समेत गिरावट आएको छ। समीक्षाधीन अवधिसम्म नेपाल टेलिकमले १९ अर्ब ५१ करोड रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ८.४० प्रतिशत कम हो।

कम्पनीको रिजर्भ कोष ७३ अर्ब १४ करोड रुपैयाँ कायम छ, जुन अघिल्लो वर्षको तुलनामा ३.६४ प्रतिशतले कमी आएको हो। त्यस्तै, कम्पनीको कुल चालु सम्पत्ति ४३ अर्ब १७ करोड रुपैयाँ तथा कुल चालु दायित्व २१ अर्ब ४४ करोड रुपैयाँ रहेको छ।

नेपाल टेलिकमको प्रतिसेयर आम्दानी (EPS) घटेर २९.२८ रुपैयाँमा सीमित भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ४३.६८ रुपैयाँ थियो।

त्यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ ५०६.३४ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ६८२.७२ रुपैयाँ, तरलता अनुपात २.०१ प्रतिशत, तथा पीई अनुपात ३०.३३ गुणा कायम भएको छ।

कुल नाफा र आम्दानीमा गिरावट आए पनि कम्पनीको वित्तीय स्थिति भने स्थिर देखिएको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here