21.4 C
Nepal
Wednesday, March 12, 2025

सिटिजन लाइफ इन्स्योरेन्सको नाफा ८६.७८ प्रतिशतले वृद्धि, बीमाशुल्क आर्जनमा सुधार

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमाशुल्क आर्जनमा वृद्धि भएसँगै नाफामा उल्लेखनीय सुधार देखिएको छ। कम्पनीले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमाससम्म २३ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८६.७८ प्रतिशतले बढी हो। अघिल्लो आवको दोस्रो त्रैमासमा कम्पनीले १२ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको थियो।

बीमाशुल्क आर्जनमा २३.६९ प्रतिशत वृद्धि

कम्पनीको खुद बीमाशुल्क आर्जन पनि उल्लेखनीय रूपमा वृद्धि भएको छ। दोस्रो त्रैमाससम्म कम्पनीले ३ अर्ब १८ करोड रुपैयाँ बराबरको खुद बीमाशुल्क आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २३.६९ प्रतिशतले बढी हो। अघिल्लो वर्षको दोस्रो त्रैमासमा कम्पनीको खुद बीमाशुल्क आर्जन २ अर्ब ५७ करोड रुपैयाँ थियो।

कम्पनीको आम्दानी र खर्चको स्थिति

समिक्षा अवधिसम्म कम्पनीले लगानी, कर्जा तथा अन्य स्रोतहरूबाट ९५ करोड ६ लाख रुपैयाँ आम्दानी गरेको छ। त्यस्तै, अन्य प्रत्यक्ष आम्दानीबाट ९० लाख रुपैयाँ र बीमितलाई प्रदान गरिएको कर्जाबाट ४ करोड ७२ लाख रुपैयाँ आम्दानी भएको छ। समग्रमा, कम्पनीको कुल आम्दानी ४ अर्ब १८ करोड रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा कम्पनीले ३ अर्ब २१ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६१ करोड रुपैयाँ बढी हो। अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासमा यो रकम २ अर्ब ६० करोड रुपैयाँ रहेको थियो।

कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ३ अर्ब ९५ करोड रुपैयाँ बराबरको कुल खर्च गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा बढेको हो। अघिल्लो वर्ष कम्पनीको कुल खर्च ३ अर्ब २३ करोड रुपैयाँ रहेको थियो।

वित्तीय सूचकहरू

कम्पनीको महाविपत्ती कोषको आकार १९ करोड २८ लाख रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङमा ८३ करोड ८० लाख रुपैयाँ सञ्चित छ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (EPS) ११.७३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १८१.८२ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ६२४.६१ रुपैयाँ, र मूल्य–आम्दानी (P/E) अनुपात ५९.२४ गुणा कायम भएको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here