स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले थप सार्वजनिक निष्काशन(एफपीओ) निष्कासनका लागि अनुमति पाएको छ । संस्थाले नेपाल धितोपत्र बोर्डबाट एफपीओ निष्कासनका लागि माघ २७ गते अनुमति पाएको हो ।
संस्थाले रु.१०० अंकित दरका १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ जारी गर्ने भएको छ । कम्पनीको एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।