21.4 C
Nepal
Wednesday, March 12, 2025

मोलुङ हाईड्रोपावरको नाफा सामान्य बढ्यो

मोलुङ हाईड्रोपावर कम्पनी लिमिटेडको नाफा सामान्य बढेको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ४ करोड १ लाख रुपैया खुद नाफा कमाएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ३.३३ प्रतिशतले बढी हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनीले ३ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

त्यस्तै अघिल्लो आवको समीक्षा अवधिसम्म विद्युत बिक्रीबाट ११ करोड २५ लाख कमाएको कम्पनीले चालु आवको दोस्रौ त्रैमाससम्म १० करोड ६७ लाख मात्रै कमाएको छ । कम्पनीको कर्मचारी खर्च ७५ लाख २५ हजार र प्रशासनिक तथा अन्य सञ्चालन खर्च ३४ लाख ५९ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवमा यी खर्चहरु क्रमशः६८ लाख १७ हजार र २९ लाख ३१ हजार रुपैयाँ थियो ।

यस्तै कम्पनीको वित्त खर्च ३ करोड ६१ लाख रुपैयाँबाट घटेर २ करोड ५७ लाख रुपैयाँ छ ।

कम्पनीको रिटेन्ड अर्निङ १४ करोड ७० लाख रुपैयाँले ऋणात्मक रहेको छ । कम्पनीको दीर्घकालिन ऋण दायित्व ५३ करोड ९ लाख रुपैयाँ रहेको छ । कम्पनीको कुल चालु सम्पत्ति १० करोड ७ लाख र कुल चालु दायित्व ३१ लाख ३९ हजार रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ५.०१ रुपैयाँ,प्रतिसेयर नेटवर्थ ८१.६७ रुपैयाँ, तरलता अनुपात ३२.१० प्रतिशत र मूल्य आम्दानी अनुपात १०६.८१ गुणा छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here