17.8 C
Nepal
Wednesday, February 5, 2025

सूर्यज्योति लाइफको नाफा बढ्यो, खुद नाफा १९ करोड ६१ लाख रुपैयाँ

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्मको अप्िरष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले १९ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ३.३७ प्रतिशतले बढी हो ।
अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनीले १८ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिसम्म कम्पनीको खुद बीमाशुल्क आर्जन १९.८३ प्रतिशतले बढेको छ । दोस्रो त्रैमाससम्म कम्पनीले ४ अर्ब ९८ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ४ अर्ब १५ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको थियो ।

यस्तै अघिल्लो आवसम्म ४ अर्ब ६१ करोड रुपैयाँबराबर खुद दाबी भुक्तानी गरेको कम्पनीले समीक्षा अवधिसम्म भने ५ अर्ब ६३ करोड रुपैयाँबराबरको दाबी भुक्तानी गरेको छ । कम्पनीको कुल खर्च ५ अर्ब ५४ करोडबाट बढेर ६ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ ।

कम्पनीले लगानी तथा कर्जाबाट १ अर्ब ७६ करोड रुपैयाँ आर्जन गरेको छ । कम्पनीको अन्य प्रत्यक्ष आम्दानी ४ करोड ३ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै अघिल्लो आवमा १ अर्ब १५ करोड रुपैयाँ रहेको रिटेन्ड अर्निङ घटेर ३२ करोड ८२ लाख रुपैयाँ भएको छ । कम्पनीको महाविपत्ती कोषको आकार ३८ करोड ६९ लाख रुपैयाँबराबरको रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ७.८३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२३.४४ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ९००.७३ रुपैयाँ र पीई अनुपात ५६.७३ गुणा छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here