शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिको माघ २१ गते बसेको बैठकले कम्पनीको २०औं वार्षिक साधारण सभा फागुन १३ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा बिहान ११ बजेबाट काठमाडौं, थापाथलीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा सञ्चालन हुनेछ।
सभामा, कम्पनीले गत आर्थिक वर्षका लागि प्रस्तावित १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश सहित कुल १०.५२६३ प्रतिशत लाभांश पारित गर्नेछ। साथै, चन्दा तथा सामाजिक उत्तरदायित्व अन्तर्गतका खर्चहरू अनुमोदन गरिनेछ। प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न, र यदि स्वीकृति निकायबाट कुनै परिवर्तनको निर्देशन प्राप्त भएमा, सोही अनुरूप संशोधन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावहरू पारित गरिनेछ।
सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षण प्रतिवेदन सहितका वित्तीय विवरणहरू छलफल गरी पारित गरिनेछ। साथै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा उनको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरिनेछ।
कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गर्ने प्रस्ताव समेत सभामा निर्णयार्थ प्रस्तुत गरिनेछ।
साधारण सभा तथा लाभांश वितरणका लागि कम्पनीले माघ ३० गतेदेखि सभा सम्पन्न नहुन्जेलसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले, माघ २९ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन्।