मोदी इनर्जी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ३ करोड ३५ लाख ९० हजार रुपैयाँ घाटा व्यहोरेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १९ करोड ८६ लाख रुपैयाँ घाटा भएको थियो।
विद्युत् बिक्रीबाट कम्पनीले उल्लेख्य आम्दानी गरेको देखिन्छ। समीक्षा अवधिसम्म कम्पनीले २८ करोड ६८ लाख रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो आवको तुलनामा ६१.४३ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमाससम्म विद्युत् बिक्रीबाट कम्पनीले १७ करोड ७७ लाख रुपैयाँ आम्दानी गरेको थियो।
प्रशासनिक, बिक्री तथा वितरण खर्च घट्दै १६ लाख ८६ हजार रुपैयाँमा झरेको छ, जुन अघिल्लो वर्ष २१ लाख ८९ हजार रुपैयाँ थियो। वित्तीय खर्च पनि २५.५१ प्रतिशतले कमी भएर १५ करोड ६८ लाख रुपैयाँमा सीमित भएको छ।
कम्पनीको सञ्चालन मुनाफा २५ करोड ६६ लाख रुपैयाँ रहेको छ। यद्यपि, कम्पनीको रिर्जभ कोष १ अर्ब ६ करोड रुपैयाँ ऋणात्मक अवस्थामा छ।
कम्पनीको दीर्घकालीन ऋण ३ अर्ब ३३ करोड रुपैयाँ रहेको छ भने अल्पकालीन ऋण ३२ करोड ३७ लाख रुपैयाँ छ। कुल चालु सम्पत्ति १९ करोड ९ लाख रुपैयाँ रहेको छ, जबकि कुल चालु दायित्व १८ करोड ५१ लाख रुपैयाँ बराबर रहेको छ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (EPS) २.३२ रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ ६३.२१ रुपैयाँ, तरलता अनुपात ०.३८ प्रतिशत, र मूल्य-आम्दानी अनुपात (P/E Ratio) १४६.७७ गुणा ऋणात्मक अवस्थामा रहेको छ।